यूएईमा बस्दै आएका हेटौंडा–१६ निवासी सुवर्ण घिमिरेद्वारा मकवानपुरका सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की

17
Oplus_131072

मकवानपुर। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ निवासी तथा हाल संयुक्त अरब इमिरेट्स (यूएई) मा बस्दै आएका नेपाली युवा सुवर्ण घिमिरे ले मकवानपुरका एक सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ।

सञ्चारकर्मी दिक्षान्स खड्का का अनुसार घिमिरेले सामाजिक सञ्जाल इमो मार्फत निरन्तर गालीगलौज, अश्लील भाषा प्रयोग तथा ज्यान मार्ने आशयका सन्देश पठाइरहेका छन्।

खड्काले बताएअनुसार सामाजिक सञ्जालमा मनपरी अभिव्यक्ति दिने, मुख छाड्ने तथा मानसिक दबाब सिर्जना गर्ने खालका गतिविधि पछिल्लो केही समयदेखि बढ्दै गएको छ। यस्ता धम्कीका कारण आफ्नो व्यक्तिगत सुरक्षा र पेशागत स्वतन्त्रतामाथि गम्भीर असर परेको उनले बताएका छन्।

घटनाबारे सम्बन्धित सुरक्षा निकायमा उजुरी दिने तयारी भइरहेको जनाइएको छ। सञ्चारकर्मीमाथि यस प्रकारका धम्की र दबाबका घटनाले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाएको सरोकारवालाहरूको भनाइ छ।

<