Wednesday, September 16
Shadow

अर्थ/वाणिज्य

रसुवा बाढी प्रभावितलाई सहयोग जारी

रसुवा बाढी प्रभावितलाई सहयोग जारी

अर्थ/वाणिज्य, समाचार
हेटौँडा : भदौ १० गतेको रसुवा बाढी प्रभावितका लागि सहयोग गर्ने क्रम जारी छ । शुक्रबार पनि मकवानपुरबाट विभिन्न व्यक्ति, संघ, संस्थाले सहयोग गरेका छन् । हेटौंडा–४ स्थित जामे मस्जिदले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक लाख लाख दुई हजार रुपैयाँ सहयोग गरेको छ । मस्जिदका अध्यक्ष तैयब मियाँ अन्सारीले सहयोग रकम कोषमा जम्मा गरिएको जानकारी दिनुभयो । विपद्का बेला सबैको साथ र सहयोग जरुरी रहने उल्लेख गर्नुहुँदै मस्जिदको तर्फबाट पनि केही सहयोग गरिएको अध्यक्ष मियाँले बताउनुभयो । यस्तै मदन भण्डारी फाउन्डेसन मकवानपुरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५१ हजार एक सय ५१ रुपैयाँ सहयोग प्रदान गरिएको छ । कोषमा सहयोग रकम जम्मा गरेर प्रतिष्ठानका पदाधिकारीले मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा हेटौंडा–११ स्थित शान्ति चोक टोल विकास संस्थाले पनि...