Wednesday, September 16
Shadow

Author: admin

राप्रपाका चार सांसदलाई पदमुक्त गर्ने सिफारिस अस्वीकृत

राप्रपाका चार सांसदलाई पदमुक्त गर्ने सिफारिस अस्वीकृत

देश, बागमती प्रदेश, राजनीति
प्राकृतिक न्यायको सिद्धान्त र कानुनी प्रक्रिया पूरा नभएको प्रदेशसभा सचिवालयको ठहर, सांसदहरूको पद यथावत् हेटौँडा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशसभाका चार सांसदलाई पदमुक्त गर्न गरेको सिफारिस प्रदेशसभा सचिवालयले अस्वीकृत गरेको छ। प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले राप्रपाले गरेको कारबाही कानुनी प्रक्रिया तथा प्राकृतिक न्यायको सिद्धान्तअनुकूल नरहेको ठहर गर्दै चारै सांसदलाई पदमुक्त नगर्ने निर्णय गरेकी हुन्। निर्णयसँगै राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापासहित राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिको प्रदेशसभा सदस्य पद यथावत् रहने भएको छ। प्रदेशसभा सचिवालयका प्रवक्ता प्रकाश चापागाईंका अनुसार राप्रपा केन्द्रीय कार्यालयबाट प्राप्त पत्र अध्ययन गर्दा सांसदहरूलाई कारबाही गर्ने क्रममा आवश्यक कानुनी आधार र प्रक्रिया पूरा नभएको देखिएको हो। ...
एसपी श्यामबहादुर खत्रीको कमाण्डमा मकवानपुर प्रहरीको कारबाही तीव्र, लागूऔषध नियन्त्रणमा उल्लेख्य प्रगति

एसपी श्यामबहादुर खत्रीको कमाण्डमा मकवानपुर प्रहरीको कारबाही तीव्र, लागूऔषध नियन्त्रणमा उल्लेख्य प्रगति

देश, नेपाल प्रहरी, बागमती प्रदेश, समाचार, सुरक्षा/अपराध
एक वर्षमा लागूऔषध मुद्दा १९ प्रतिशत र पक्राउ पर्ने व्यक्ति ४० प्रतिशतले बढे, ओसारपसारमा प्रयोग भएका सवारी नियन्त्रण १३१ प्रतिशतले वृद्धि हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीको नेतृत्वमा मकवानपुर प्रहरीको कारबाही र सक्रियता बढेको तथ्यांकले देखाएको छ। विशेषगरी लागूऔषध नियन्त्रण, फरार अभियुक्त तथा कैदी पक्राउ र ओसारपसारमा प्रयोग भएका सवारीसाधन नियन्त्रणमा प्रहरीले पछिल्लो अवधिमा उल्लेख्य प्रगति गरेको देखिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज कार्यालय परिसरमा पत्रकार सम्मेलन आयोजना गरी आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। सार्वजनिक प्रतिवेदनमा अघिल्ला आर्थिक वर्षको तुलनामा लागूऔषधसम्बन्धी मुद्दा दर्ता र पक्राउ पर्ने व्यक्तिको संख्या उल्लेख्य रूपमा बढेको देखिन्छ। प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा मक...
बुद्धचोक होइन, फेरि ‘महेन्द्रचोक’ नै चाहियो

बुद्धचोक होइन, फेरि ‘महेन्द्रचोक’ नै चाहियो

देश, बागमती प्रदेश, राजनीति
हेटौँडामा राजावादी–राष्ट्रवादी धारको आवाज, इतिहास मेटेर पहिचान बदल्न नहुने तर्क हेटौँडा । हेटौँडा बजारको मुटुमा रहेको हालको बुद्धचोकलाई पुनः ‘महेन्द्रचोक’ नामकरण गर्नुपर्ने आवाज हेटौँडामा उठ्न थालेको छ। राजावादी तथा राष्ट्रवादी धारका स्थानीयहरूले हेटौँडाको इतिहास र पुरानो पहिचानसँग जोडिएको ‘महेन्द्रचोक’ नामलाई पुनःस्थापित गर्नुपर्ने धारणा अघि सारेका छन्। उनीहरूको तर्क छ—राजनीतिक व्यवस्था परिवर्तन हुँदैमा इतिहास परिवर्तन हुँदैन। कुनै समय हेटौँडाको मुख्य चोकका रूपमा परिचित ‘महेन्द्रचोक’लाई राजनीतिक परिवर्तनको प्रभावमा नाम परिवर्तन गरिएको भए त्यसलाई पुनः पुरानै ऐतिहासिक नाममा फर्काउनु आवश्यक छ। हेटौँडा बजारको इतिहास सम्झनेहरूका अनुसार हालको बुद्धचोक विगतमा महेन्द्रचोकका नामले परिचित थियो। हेटौँडा उपमहानगरपालिकाको पुरानो भवन तथा योजना सम्बन्धी दस्तावेजमा समेत ‘महेन्द्रचोक’ नाम प्रयोग ...
१६२ किलोभन्दा बढी गाँजासहित मकवानपुरमा दुई जना पक्राउ

१६२ किलोभन्दा बढी गाँजासहित मकवानपुरमा दुई जना पक्राउ

तस्करी, देश, नेपाल प्रहरी, बागमती प्रदेश, समाचार, सुरक्षा/अपराध
कारमा लुकाएर ल्याइएको गाँजा पिकअपले स्कर्टिङ गर्दै ल्याएको प्रहरीको भनाइ मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १६२ किलोभन्दा बढी लागूऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले मनहरी गाउँपालिका–९, भाबरस्थित भित्री सडकखण्डबाट गाँजासहित दुई वटा सवारीसाधन र दुई जनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीको कमान्डमा परिचालित प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार २०८३ साल भदौ २३ गते बिहान करिब २ः४५ बजे भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कारलाई ग२च ६१५ नम्बरको पिकअपले स्कर्टिङ गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले रोकेर जाँच गरेको थियो। जाँचका क्रममा कारको सिटभित्र लुकाइछिपाई प्लास्टिकल...
थानाभर्‍याङमा म्याजिकको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

थानाभर्‍याङमा म्याजिकको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

दुर्घटना/मृत्यु, समाचार, सुरक्षा/अपराध
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित महेन्द्र राजमार्गमा म्याजिक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। बुधबार बिहान करिब ११ः१० बजे हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ ज ०००१ नम्बरको म्याजिकले विपरीत दिशाबाट आउँदै गरेको ना.४३ प ७५५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा हेटौँडा उपमहानगरपालिका–३ निवासी करिब ३४ वर्षीय आशिष पाठक घाइते भएका छन्। उनको टाउको, अनुहार, दुवै हातखुट्टा तथा छातीमा भित्री चोट लागेको प्रहरीले जनाएको छ। घाइते पाठकको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार प्रारम्भिक अवस्थामा उनको अवस्था गम्भीर रहेको थियो। दुर्घटनालगत्तै थानाभर्‍याङस्थित अस्थायी प्रहरी पोस्टबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो। द...
भोटेकोशी बाढीका मृतकप्रति हेटौँडामा श्रद्धाञ्जली

भोटेकोशी बाढीका मृतकप्रति हेटौँडामा श्रद्धाञ्जली

समाचार, समाज
हेटौँडा । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै तथा बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न मकवानपुरमा विभिन्न राजनीतिक दल तथा नागरिक क्षेत्रका प्रतिनिधिहरू एकै ठाउँमा उभिएका छन्। सोमबार बिहान हेटौँडा–१०, बुद्धचोकस्थित भीमसेन मन्दिर अगाडि आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले बाढीमा परी बेपत्ता तथा सम्पर्कविहीन भएका व्यक्तिहरूको सकुशल उद्धारको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको प्रार्थना गरे। साथै, विपत्तिमा ज्यान गुमाएका सबैप्रति मौनधारण गर्दै श्रद्धासुमन अर्पण गरिएको थियो। प्राकृतिक विपत्तिले निम्त्याएको पीडामा रसुवाका प्रभावित परिवारसँग मकवानपुरवासीको दुःख र संवेदना जोडिएको सन्देश दिँदै सहभागीहरूले संकटको घडीमा पीडित परिवारलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्र...
प्रमाणबिना आरोप लगाउने पत्रकारितामाथि प्रश्न, तथ्य र प्रमाण खोज्न व्यवसायीको आग्रह

प्रमाणबिना आरोप लगाउने पत्रकारितामाथि प्रश्न, तथ्य र प्रमाण खोज्न व्यवसायीको आग्रह

देश, नेपाल प्रहरी, बागमती प्रदेश, समाचार, सुरक्षा/अपराध
हेटौँडा:हेटौँडाका डान्सबार तथा दोहोरी साँझलाई लक्षित गर्दै ‘कालोबजारी’, ‘कर छली’ र ‘अत्यधिक मूल्य असुली’जस्ता गम्भीर आरोपसहित समाचार तथा सामाजिक सञ्जालमा सामग्री सार्वजनिक भएपछि पत्रकारितामा प्रमाण र तथ्यको प्रयोगबारे प्रश्न उठेको छ। कुनै व्यवसायमा कानुनविपरीत गतिविधि भएको आशंका भए त्यसको निष्पक्ष अनुगमन, छानबिन र प्रमाणका आधारमा सत्यतथ्य सार्वजनिक गर्नु पत्रकारिताको महत्वपूर्ण दायित्व हो। तर कुनै एउटा बिल, दृश्य वा अपुष्ट सूचनालाई आधार बनाएर सम्पूर्ण व्यवसायीलाई नै दोषीझैँ प्रस्तुत गर्नु पत्रकारिताको स्थापित मूल्य र मान्यतामाथि प्रश्न उठाउने विषय बन्न सक्छ। पत्रकार रमेश बन्जाराले सामाजिक सञ्जालमार्फत डान्सबार तथा दोहोरी साँझमा लिइएको मूल्यलाई लिएर ‘यो कालोबजारी हो कि होइन ?’ तथा ‘यसरी अत्यधिक मूल्य लिने अधिकार व्यवसायीलाई कसले दियो ?’ भन्दै प्रश्न उठाएका छन्। सार्वजनिक विषयमा प्रश्न...
सिडिओ अधिकारीको सक्रियतामा पाँच घण्टापछि त्रिभुवन राजमार्ग सञ्चालन

सिडिओ अधिकारीको सक्रियतामा पाँच घण्टापछि त्रिभुवन राजमार्ग सञ्चालन

देश, बागमती प्रदेश, समाचार, समाज
हेटौँडा । करिब पाँच घण्टादेखि अवरुद्ध रहेको त्रिभुवन राजमार्ग जिल्ला प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा पुनः सञ्चालनमा आएको छ। राजमार्ग अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) मोहन जोशी आफैं घटनास्थलमा पुगेर सडक सञ्चालनका लागि पहल गरेका थिए। सडक सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजु बिष्ट, सशस्त्र प्रहरी बल मकवानपुरका प्रमुख एसपी निमन खड्कासहित सुरक्षा निकायका अधिकारी तथा सुरक्षाकर्मीहरू परिचालित भएका थिए। सम्बन्धित निकायबीचको समन्वय र निरन्तर प्रयासपछि अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो। सडक खुलाउन प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सरो...
खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ

खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ

तस्करी, देश, बागमती प्रदेश, समाचार, सुरक्षा/अपराध
हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विशेष सूचनाका आधारमा प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शनिबार हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित पूर्व–पश्चिम सडकखण्डमा चेकजाँच गरेको थियो। चुरियामाईतर्फबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००३ प.७८१२ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–१२ बस्ने २४ वर्षीय अभिषेक भ्लोन तथा मोटरसाइकलमा सवार मनहरी गाउँपालिका–३, डोढे बस्ने २४ वर्षीय आशिष घलान र २७ वर्षीय बिमल सुनारलाई प्रहरीले शंकाका आधारमा नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनीहरूको रीतपूर्वक खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने ३८ ग्राम पदार्थ फे...
‘रङ्गिन रात’ सम्बन्धी समाचारको खण्डन : व्यवसायीलाई लक्षित गरिएको भन्दै प्रश्न उठ्यो

‘रङ्गिन रात’ सम्बन्धी समाचारको खण्डन : व्यवसायीलाई लक्षित गरिएको भन्दै प्रश्न उठ्यो

देश, नेपाल प्रहरी, बागमती प्रदेश, समाचार
    हेटौँडा: बागमती एक्सप्रेस मिडियाले भदौ ७ गते प्रकाशित गरेको ‘हेटौँडामा रङ्गिँदै रङ्गिन रात, छैन पर्याप्त सुरक्षा, रात्रिकालीन मनोरञ्जन व्यवसायकै कारण असुरक्षित बन्दै सहर’ शीर्षकको समाचारप्रति हेटौँडाका केही रात्रिकालीन मनोरञ्जन व्यवसायी तथा स्थानीयले आपत्ति जनाएका छन्। समाचारमा हेटौँडाका दोहोरी साँझ, डान्सबार तथा अन्य रात्रिकालीन मनोरञ्जन व्यवसायका कारण सुरक्षा चुनौती बढेको दाबी गरिएको थियो। तर, सम्बन्धित व्यवसायीहरूले भने सबै व्यवसायलाई एउटै दृष्टिले हेरेर समाचार प्रकाशित गरिएको भन्दै त्यसको खण्डन गरेका छन्। व्यवसायीहरूको भनाइमा कानुनअनुसार समयमै व्यवसाय बन्द गर्ने तथा प्रहरी–प्रशासनले तोकेका सुरक्षा मापदण्ड पालना गर्ने व्यवसायलाई समेत रात्रिकालीन अपराधसँग जोडेर प्रस्तुत गर्नु उचित नभएको बताएका छन्। उनीहरूले कुनै व्यवसायमा भएको घटनालाई आधार बनाएर सम्पूर्ण मनोरञ्ज...