मैदानमै खटिएर ट्राफिक व्यवस्थापन चुस्त बनाउँदै प्रहरी निरीक्षक रमेश विष्ट
हेटौँडा:मकवानपुरको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका इन्चार्ज प्रहरी निरीक्षक रमेश विष्ट सक्रिय रूपमा मैदानमा खटिन थालेका छन्।
प्रहरी निरीक्षक विष्टले कार्यालयको नेतृत्व सम्हालेपछि ट्राफिक चेकजाँच, सडक अनुशासन तथा सवारी आवागमन व्यवस्थापनमा प्रत्यक्ष निगरानी बढाएका छन्। उनी आफैँ सडकमा पुगेर ट्राफिक प्रहरीको कामको अनुगमन गर्नुका साथै आवश्यक स्थानमा चेकजाँच तथा व्यवस्थापनमा सहभागी हुँदै आएका छन्।
विशेषगरी हेटौँडा बजार क्षेत्र तथा बढी सवारी चाप हुने सडकखण्डमा ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विष्टले नियमित अनुगमन र चेकजाँचलाई प्रभावकारी बनाउने प्रयास गरिरहेका छन्। सवारी नियम उल्लङ्घन गर्ने चालकलाई कारबाहीसँगै सडक सुरक्षा र ट्राफिक अनुशासनबारे सचेत गराउने कार्यलाई समेत प्राथमिकता दिइएको छ।
यसअघि ट्राफिक प्...

